प्रश्नै–प्रश्नः दोहोरो दर्ता र दोहोराे करले हाम्रो ढाड सेकिन्न र सरकार ?
काठमाडाैं | बैशाख ८, २०७९
रोशन लिम्बु (व्यवसायी)
मुलुक संघीय संरचनामा गएसँगै व्यवसाय गर्न चाहनेहरुका लागि घरेलुमा मात्रै दर्ता गरेर हुँदैन । स्थानीय तह वडामा पनि गर्नुपर्छ । यसरी दर्ता गर्दा दोहोरो शुल्क तिर्नुपर्छ ।
विदेसिनेको संख्या रोक्नेतर्फ सरकार उदाशीन छ । देशमै व्यवसाय गर्छु भन्नेहरुका लागि प्रोत्साहनक र प्रशय दिनुपर्ने स्थानमा उल्टै दोहोरो दर्ता गराई दुरुत्साहान गरिएको गुनासो छ ।
पाँचथरका युवा व्यवसायी रोशन लिम्बु पोखरामा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
प्रस्तुत छ, लिम्बुले व्यवसाय सञ्चालन गर्न स्थानीयतहमै दोहोरो दर्ता गर्नुपर्ने सवालमा सुनगाभा न्यूजसँग कुरा गर्दै सम्बन्धित पक्षलाई सोधेको प्रश्नः
– सानोतिनो होस् वा ठूलै व्यवसाय सञ्चालन गर्न चाहनेहरुलाई सरकारले दोहोरो दर्ता गराई कहिलेसम्म हतोत्साही गरिरहने ? दोहोरो दर्ता गर्नैपर्ने हो र हजुर ?
–वडा, पालिका, महानगर तथा घरेलुमा समेत व्यवसाय दर्ता गर्दा र कर तिर्नुपर्दा हाम्रो ढाड सेकिन्न र सरकार ?
पोखरा: होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय...
पोखरा: थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...
पोखरा: पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए...

